Rule 10
नेपाल सरकारको नाममा कायम गरिने

(१) देहायको कुनै अवस्थामा मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गा त्यस्तो मुक्त कमैयाको नामबाट लगत कट्टा गरी नेपाल सरकारको नाममा कायम गरिनेछः–

(क) कसैले झुट्टा विवरण पेश गरी मुक्त कमैयाको परिचयपत्र वा त्यस्तो परिचयपत्रको आधारमा जग्गा प्राप्त गरेको कुरा त्यस्तो जग्गा उपलब्ध गराइसकेपछि जानकारी हुन आएमा,

(ख) मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गामा निज वा निजको परिवारले बसोबास नगरेमा वा लगातार तीन वर्ष वा सोभन्दा बढी अबधि भोग चलन नगरेमा,

(ग) यो नियम प्रारम्भ हुनु भन्दा अघि नै मुक्त कमैयालाई उपलब्ध गराइएको जग्गामा निजलाई बसोबास गराउन नसकिएकोमा,

(२) उपदफा (१) को खण्ड (ग) को अवस्थामा मुक्त कमैयालाई अन्यत्र जग्गाको व्यवस्था गरिनेछ ।